[Ghazal] Phir Chiddi Raat

Lag Jaa Gale – Ylva & Linda feat. Urmila Varma

Singer: Urmila Varma
Composed, produced and backing vocals by: Ylva & Linda Persson
Lyrics by: Sajeev Sarathie
Bass and guitars by: Patric Skog
Guitar arrangement by: Peter Lundgren
Violin by: Björn Malmqvist
Mix and mastering by: Anders Carlqvist
Directed by: Sonu Sakkeer, DOP, Bineesh Vishwam
Edited by: Akhil Raj

राष्ट्र झण्डा विश्वमै विशिष्ट ( Originally titled: बाँदरहरु घर बनाउँदैनन् )

राज श्रेष्ठ

Published in Rajdhani 21 Sepember 2009

(सन् २००९, माओवादीहरुले भर्खरै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए । देश गणतन्त्रमय भैसकेको थियो । नयाँ नेपाल, क्रमभंग आदि जस्ता राजनीतिक जर्गनले पत्रपत्रिकाका पानाहरु भरिएका हुन्थे । त्यस बेला पहिलो पल्ट देशको झण्डा फेरिनु पर्छ भन्ने आवाज पनि उठयो । त्यतिबेला लेखिएको यो लेख अहिले एकाएक सान्दभिर्क लागेर फेरि पोस्ट गरेको छुँ । ।-Blogger)

Photograph courtsey : Ganapati Lal Shrestha

10620719_774004919319011_6742768017972782597_nराष्ट्रिय झण्डाले देशको पहिचान बोकेको हुन्छ। देशको कल्पना गरिँदा राष्ट्रिय झण्डा बिनाको देशको कल्पना गरिंदैन त्यसैले त कुनै न कुनै रुपमा राष्ट्रियझण्डाले त्यस देशको पहिचान र विशिष्टता बोकेको हुन्छ। शताव्दीऔं देखि नेपाली पहिचान र विशिष्टता बोकेको हाम्रो राष्ट्रिय झण्डा यतिखेर आक्रमणको तारो बनेको छ। आज हाम्रो राष्ट्रियझण्डा नेपालको स्वतन्त्रता र मौलिक पहिचान मेट्न खोज्ने त्यस्ता व्यक्तिहरुका तारो बनेको छ, जसलाई न आफ्नो इतिहासको माया छ, न आफू जन्मेको देशसँग कुनै लगाव नै छ। संसारमै त्यस्ता व्यक्ति पाउन

Continue reading

लोकसेवा आयोगको निष्पक्षताको प्रश्न

Original and uncut version

यो लेख ‘लोकसेवा परीक्षामा लापरबाही’ शिर्षकबाट नागरिक दैनिक, १५ अक्टोबर २०१२ (२९ असोज २०६९) मा प्रकाशित छ ।

“पाठ्यक्रम निर्माणकर्ता देखि प्रश्नपत्र निर्माणकर्ता, परीक्षक र सम्परीक्षक सम्म आफ्नै नजिकका, चिने जानेका मान्छे भएपछि अनि निस्कदैंन त एउटै गाउँ, जिल्ला वा क्षेत्र अनि समुदायका अझ भन्नुपर्दा बहालवाला वा भूतपूृर्व सचिव वा सहसचिवहरूका श्रीमती र छोरीहरूका नाम लोकसेवा आयोगको परीक्षामा ?” यो साताभरि अत्यन्तै चर्चित यो घटनालाई लिएर सर्वसाधारणका टिप्पणी रह्यो यो ।

Continue reading

woh ishq jo humse rooth gaya – Sara Raza

पहिचानको पक्षमा

(photo by Ms. Prerana Shakya)

देश इतिहास कै सबभन्दा कठीन कालखण्डबाट गुज्रिरहेको छ । देश गणतन्त्र युगमा प्रवेश गरिसकेको आजको स्थितिमा संविधान सभाबाट संविधानको निर्माण गर्ने ऐतिहासिक कालखण्डमा हामी उभिएका छौं । संविधान निर्माणमा देखिएको सबभन्दा जटील पक्ष नै राज्यको पुनर्संरचना भएको छ । एकातिर अखण्डपक्षधर र जातीय पहिचानका राज्य विरोधीहरू छन् भने अर्कातिर जातीय पहिचानका राज्यका पक्षधर आदिवासी जनजाति र मधेसीहरू । अहिले यही प्रश्नमा देश विभाजन भएको स्थिति छ । Continue reading

कसलाई पर्खे छ यो मन


एमपिए प्रथम वर्षका साथी गायत्री घिमिरे विवाह बन्धनमा बाँधिन गइरहनु भएको छ । उहाँको सुखद जीवनका लागि हार्दिक बधाई र शुभकामना ।

हरेक मानिसको जन्मसँगै परिवारका प्रत्येक सदस्यसँग एउटा नाता कायम भएको हुन्छ । आमाबुबा, दाजुभाइ, दिदीबहिनी, मामामाइजु, काकाकाकी – हरेकका चिरपरिचित अनुहारसँगै, जन्मनु भन्दा पहिले नै तय भइसकेका नातासम्बन्ध लिएर उ जन्मन्छ, हुर्कन्छ र बढ्छ ।

तर एउटा अनुहार र एउटा नाता भने ईश्वरले उबाट सधैं लुकाएको हुन्छ । जोसँग जीन्दगी भरको साथ रहन्छ, जसलाई मृत्युले जीन्दगी नछिनेसम्म माया गर्ने वचन दिइन्छ, उ को होला ? कस्तो होला उसको अनुहार ?

सोच्दा सोच्दै जीन्दगीको आधी उमेर बिती सक्छ । पढाई, जागिर – कडा मेहनत अनि विस्तारै त्यो अनुहारको रेखाचित्र स्पष्ट हुँदै आउँछ । ईश्वरले रोजेको मान्छेको प्रतिक्षा सकिन्छ ।

चञ्चल मन भुल्यो

मायाको रहर चल्यो

कसलाई पर्खे छ यो मन

को होला मेरो मायालु ?

तु सुने दिल की सदा, इस लिए खामोस हुँ मै

जगजीत, तिमी मेरो हृदय नजिक संधै रहने छौ – क्लोज टु माइ हर्ट


अक्टोबर १० २०११ – यो दिन भारतीय उपमहाद्वीप लगायत संसारभरका गजल प्रेमीहरुका लागि अत्यन्त दुखद दिन रह्यो । मेरा पि्रय गजल गायक जगजीत सिहं अब यो संसारमा रहेनन् । बिहानैदेखि संचारमाध्यमहरुले उनको निधनको समाचार दिन थालेका थिए । आफ्नो पि्रयजनसँग बिछड्नु पर्दा जुन पीडाको अनुभव हुन्छ त्यस्तै पीडाको अनुभव मलाई हुन थालेको थियो । साँझ घर फर्किदा मेरो ओठमा गुलजारको शब्दमा उनले गाएका “मरासिम” एल्बममा संग्रहित गजल “शाम से आँख में नमी सी है आज फिर आपकी कमी सी है” झुण्डिएको थियो । जगजीत सिहं करोडौं मानिसहरुका हृदयमा बसेका छन् । उनका गजलहरु मानिसहरुका ओठहरुमा झुण्डिएका छन् । आधुनिक संगीतको समिश्रणबाट गजललाई लोकपि्रयताको त्यस उचाइमा जगजीत सिहंले पुर्याएका थिए जुन उचाइमा यसअघि गजल कहिल्यै पुगेको थिएन । त्यति रुचिकर रुपमा सुनिएका पनि थिएनन् जति जगजीतका गजलहरु सुनिएका थिए ।

Continue reading

This video shows how was Kathmandu in 1950s